बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ सार्वजनिक

काठमाडौं । नेपाली बजारमा बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच चर्चित कलाकार हरिवंश आचार्यले एट्टो ३ कारको सार्वजनिक गरेका थिए । आचार्य यस ब्रान्डको नेपालका लागि ब्रान्ड एम्बेस्डर पनि हुन । आचार्यले एट्टो ३ कारको सार्वजनिक गर्दै पछिल्लो समयमा विद्युतिय गाडीहरु प्रयोग गर्न थालिएको र यसलाई सकारात्तमक परिर्वतको रुपमा लिनु पर्ने बताए ।

कार्यक्रममा बीवाईडीका सीइओ साहिल श्रेष्ठले गाडीको विशेषताको बारेमा जानकारी दिएका थिए । उनले गाडीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको जानकारी दिए । साथै श्रेष्ठले अहिले गाडी बुक गर्ने ग्राहकले चार्जर र भीटुएल केवल निःशुल्क पाउने पनि बताए ।

उनले हाल यो गाडी ४ वटा रङमा उपलब्ध रहेको र बुकिङ गरेको एक महिनाभित्र गाडी डेलिभरी गरिने बताए । यो गाडीमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । श्रेष्ठले अष्ट्रेलियन एनक्यापमा यसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यस्तै, ग्लोबल एन्क्याप टेस्टमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेको समेत जानकारी दिए ।

footwear zone

कार्यक्रममा बीवाईडीकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले भनिन, ”हामी सामान्य सर्वसाधारणको लागि पनि उपयूक्त्त गाडी ल्याउन खोजेका छौ तर सरकारले विद्युतिय गाडीमा लगाएको महंगो करले गर्दा त्यो कार्य गर्न सकेका छैनौँ, यसका लागि हामीले सरकारसँग छलफल समेत गरिरहेका छौं ” । साथै उनले  ग्राहकको चासोमा परे पनि बजेट र अन्य कारणले यो कार नेपाल भित्रिन सकेको थिएन । तर अहिले सबैको साथ सहयोगको कारणले यो गाडी लन्च गर्न सफल भएको बताइन् ।

श्रेष्ठले निकट भविष्यमा कम मूल्यका गाडीहरु बजारमा ल्याउने बताइन् ।

You might also like

Comments are closed.