बिवाईडी र एनएमबी बैंकबीच सजिलो इभी फाइनान्सिङ सम्झौता

काठमाडौं ।  बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपाल स्थित आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले बिद्युतीय सवारीका लागि एनएमबी बैंकसंग रणनीतिक बैंक वित्तिय सम्झौताको घोषणा गरेको छ ।

सम्झौताले नेपाली उपभा्ेक्ताहरुलाई प्रतिस्पर्धी वित्तिय विकल्पहरु प्रदान गरेर BYD EVs  खरिद गर्न सजिलो बनाउने लक्ष्य राखेको छ ।  बैंक संगको सहकार्यले ग्राहकहरुलाई आकर्षक ब्याजदर र सुलभ वित्तिय विकल्पहरु सहित BYD EVs खरिद गर्न सक्षम बनाउने छ ।

साइमेक्स इंक प्रा.लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठ का अनुशार “विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ ।  बैंकसंगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।”

footwear zone

BYD बिभिन्न मोडलहरुका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय
सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो मागसंगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ ।

बैंकले ५ वर्षसम्मका लागि १२.४९% निश्चित दरमा अनी त्यसपछिक २ वर्षसम्म सामान्य दरमा ८० % इभी फाइनान्सि· प्प्रदान गर्नेछ । साईमेक्स इंक प्रा.लि. र  बैंक लिमिटेड बिचको सम्झौता एक दिगो भविष्य प्राप्त गर्नकोलागि एक ठोस कदम हो । यस वित्तिय व्यवस्थाले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र दिशानिर्देशहरुको पालना गर्नेछ र भरपर्दो वित्तिय विकल्प उपलब्ध गराएको सुनिश्चित गर्नेछ ।

साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD Atto 3 ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने BYD All –New e6 (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभीBYD ATTO 3 रु. १२.९८ लाख वा BYD All New e6 मात्र रु ११.८० लाखमा खरिद गर्न सक्नेछन ।

You might also like

Comments are closed.