बीवाइडीको नेपालमा ६ वर्ष, थप ३ वटा नयाँ मोडल बजारमा ल्याउने तयारी

काठमाडौं । साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको ५ वर्ष पुरा भएर छैटौं वर्ष प्रवेश गरेको छ । छैटौं वर्ष प्रवेशको अवसरमा साइमेक्स इंक्ले सम्पूर्ण ग्राहक, सुभेच्छुक र शुभचिन्तकहरुमा विशेष धन्यवाद व्यक्त गरेको छ । सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले विद्युतीय गाडी बजारमा ल्याएर बिक्री गर्दै आएको छ ।

‘अहिले हामीले बीवाइडी इ सिक्स, नयाँ जेनेरेशन इ सिक्स, एम थ्री भ्यान र टी थ्री कार्गो भ्यान विक्री गर्दै आएका छौं । हाम्रो कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडरदेखि यहाँका उद्यमी ब्यवसायीको छनोटमा पर्न सफल भएको छ,’ साइमेक्स इंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एम थ्री भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पिटलले प्रयोग गर्न थालेका छन् ।’

बीवाइडी इ सिक्स र नयाँ जेनेरेशन इ सिक्स दुबै निजी सवारीसाधनको रुपमा प्रयोग हुँदै आएको छ । विगतमा बिक्री गरेका विद्युतीय गाडी किन्ने ग्राहक निकै संतुष्ट रहेको साइमेक्स इंकको दावी छ । विश्व नै बैकल्पिक उर्जाबाट चल्ने सवारीसाधनको खोजीमा रहेको अहिलेको समयमा हामी पनि नयाँ नयाँ विद्युतीय गाडी नेपाल ल्याएर ग्राहकलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेको साइमेक्स इंका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । ‘कम्पनीले ५ वर्ष पुरा गरेर छैटौं वर्ष प्रवेश गरेको अवसरमा बीवाइडीका ग्राहकलाई ढुक्कसँग यसको सेवा लिन आग्रह गर्दछौं,’ उनले भनिन् । बीवाइडी सधैं उत्कृष्ट सेवा दिन प्रतिबद्ध कम्पनी रहेको श्रेष्ठको भनाइ छ । ‘नेपालको प्राकृतिक विविधता, जलवायू परिवर्तनको असर न्यूनीकरण र यहाँको पर्यटनलाई जिवन्त राख्न पनि हाम्रो पुस्ताले पेट्रोलियम पदार्थको प्रयोग घटाउनु पर्छ । त्यसको विकल्पमा ग्राहकलाई उत्कृष्ट विकल्प लिन बीवाइडी सधै तयार रहेको छ,’ उनले भनिन् ।

footwear zone

विगत ५ वर्षदेखि साइमेक्स इंकले सधैं विद्युतीय गाडीको प्रयोग बढाउन जनस्तरमा चेतना अभिवृद्धि र नीति निर्मातालाई सहजीकरण गरिदन आग्रह गर्दै आएको श्रेष्ठले बताइन् । अब त्यो भन्दा एक स्टेप माथि उक्लदै आफ्नो सेल्स, सर्भिस र स्पेयर पार्टसको उपलब्धतामा काम सुरु गरिएको कम्पनीले जनाएको छ ।

बीवाइडी आक्रमक बजार बिस्तारको लागि तयार रहेको कम्पनीका सीइओ सहिल श्रेष्ठले बताए । ‘हामी आफ्नो नेटवर्क विस्तारमा लागेका छौं । अबको एक महिना भित्र देशको मुख्य सहरमा बीवाइडीको थ्री एस सर्भिस उपलब्ध हुन्छ,’ उनले भने, ‘हामी थ्री एस सर्भिसको अलावा नेपालमा नै ब्याट्री टेक्नोलोजी र चार्जिङ नेटवर्कमा के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

बीवाइडीले आफ्नो व्यावसायिक यात्राको टर्निङ प्वइन्टको रुपमा सन् २०२२ लाई लिएको छ । कम्पनीले यो वर्ष नयाँ शोरुमहरु संचालन गर्नुको साथै नयाँ–नयाँ मोडल ल्याउने योजना बनाएको छ । यो वर्ष कम्तीमा दुईदेखि तीनवटा नयाँ मोडल बजारमा ल्याउने गरी काम गरिरहेको श्रेष्ठले बताए ।

‘नयाँ मोडल र नयाँ नेटवर्कसँगै हामी ग्राहकलाई विद्युतीय गाडीको खरिद र ड्राइभिङमा नयाँ अनुभव प्रदान गर्न चाहन्छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.