काठमाडौंका सडकमा ‘डल्फिन’

काठमाडौं । यतिबेला काठमाडौंका सडकमा तपाईंले अक्कल झुक्कल ‘डल्फिन’ देख्न सक्नुहुन्छ । जुन डल्फिनको भिडियो आफ्नो मोबाइलको क्यामरामा कैद गरी सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो भने एक लाख रुपैयाँसम्म उपहार जित्नेअवसर समेत तपाईंलाई मिल्नेछ ।

यतिबेला सडकमा देखिने डल्फिन समुन्द्रमा पाइने जीव भने होइन । विद्युतीय गाडी निर्माता कम्पनी बिवाईडीको डल्फिन गाडी हो । जुन गाडीलाई बिवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपालमा भित्र्याएको छ । भदौ २६ बाट चल्ने नाडा अटो शोलाई लक्षित गरी बिवाइडीले यो गाडी नेपाल भित्र्याएको हो । जुन गाडीको प्रमोसन गर्न कम्पनीले यतिबेला ‘डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ । सेम्टेम्बर ६ (भदौ २०) बाट सुरु भएको यो अभियान ११ सेम्टेम्बर (२६ भदौ)सम्म चन्नेछ ।

सकडमा बिवाइडी डल्फिन देखेर भिडियो बनाई फेसबुक, इन्स्ट्राग्राम, टिकटकमा पोष्ट गर्नेहरुले बिवाईडीको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ । यसरी पोष्ट गर्नेहरु मध्ये ३ जनाले नगद १÷१ लाख रुपैयाँ जित्नेअवसर पाउने कम्पनीले जनाएको छ । त्यस्तै सहभागीहरुले अन्य आकर्षक पुरस्कारसमेत पाउनेछन् ।

footwear zone

बिवाइडीले नेपाल भित्र्याएको डल्फिनको औपचारिक लन्चिङ नाडा अटो शोमा नै गर्ने कम्पनीका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले जानकारी दिइन् । अटो शोमा डल्फिनसँगै बिवाईको अन्य विद्युतीय गाडीहरु पनि प्रदर्शनीमा राखिनेछन् ।

You might also like

Comments are closed.