काठमाडौं । बिवाइडी न्यु इनर्जी भेहिकल निर्माता कम्पनीले आफ्ना गाडी बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले २०२३ को पहिलो ६ महिनामा १२ लाख ५० हजार बिवाइडी गाडी बिक्री गर्न सफल भएको छ । विश्वव्यापी बिक्रीमा यो संख्या अघिल्लो वर्षको सो अवधिमा तुलनामा ९६ प्रतिशत बढी हो ।
मर्सिडिज बेन्ज समूह र एमएडब्लुलाई पछि पार्दै पहिलो पटक बिक्रीको आधारमा विश्वका १० ठुला कार कम्पनीमा समेत बिवाइडी पर्न सफल भएको छ । बिवाइडीले अगस्टको रेकर्डमा २ लाख ७४ हजार ३ सय ८६ सवारी साधन बेचेर आफ्नै रेकर्ड तोडेको छ ।
बिवाइडीको पहिलो अर्धवार्षिक रिर्पोटमा २६०.१२ विलियन युआन राजस्व देखिएको छ जुन ७२.७२ प्रतिशतले बढेको हो । नेपालमा समेत बिवाइडी बिक्रीमा आकर्षण देखिएको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले जनाएको छ ।






Comments are closed.