संशोधित कर : ईभी विस्तारबारे बीवाइडीकाे चिन्ता

काठमाडौं । नेपालका लागि बीवाइडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स् इन्क प्रा.लि. ले हालसालै परिमार्जित भएको करसम्बन्धी ठूलो चासो देखाएको छ ।

नेपालमा बिक्री हुने ईभिएसको मूल्यमा भारी वृद्धि हुनेगरी भएको कर संशोधनले व्यवसायमा भन्दा पनि वातावरणीय पक्षहरू र धेरै सुस्त तर, स्थिररूपमा अघि बढिरहेको नेपाली ईभी बजारमा पार्न सक्ने बढी प्रभावलाई लिएर बीवाइडीले आफ्नो चिन्ता व्यक्त गरेको हो ।

परिमार्जित करको घोषणा भएसँगै सरकारले आफ्नो प्रमुख नीतिलाई बिर्सेको र यो निर्णय लगानीकर्ताका लागि मात्रै नभई आम जनताका लागि पनि एक भयमय उदाहरणको रुपमा कायम हुन सक्ने कम्पनीले जनाएको छ । समग्रमा नेपाली अटोमोबाइल उद्योगमा विद्युतीय सवारी साधनको कुल बजार हिस्सा जम्मा ५ प्रतिशत रहेको छ ।

footwear zone

आर्थिक वर्ष २०७८/७९ मा लगभग १५ हजार गैर–विद्युतीय सवारी साधन आयात गरिएको तुलनामा आयातीत १४ सय ईभीएसले विद्युतीय सवारीहरूको प्रारम्भिक अनुकूलनतालाई स्पष्टरुपमा प्रकास पार्दछ । विद्युतीय सवारी साधनहरुमा प्रयोग हुने प्रविधिको लागत उच्च रहेको र लागत सन्तुलनका लागि अटोमेकरहरूले उच्च मोटरको क्षमता प्रयोग गरी प्रिमियम मूल्य थप्ने गरेका छन् । त्यसर्थ अटोमेकरहरूले न्यून क्षमताको मोटरको सट्टामा स्ट्याण्डर्ड वा उच्च क्षमताको मोटर छनौट गर्ने गरेका छन् ।

ईभीमा हुने स्तरीय गुणस्तरलार्ई ध्यानमा राखी मोटर क्षमतालाई विलासितासँग जोड्नु वैज्ञानिकरूपमा गलत पनि रहेको कम्पनीले उल्लेख गरेको छ । उपयोगिता, रेन्ज र विश्वव्यापी बजारमै ईभीएस ट्रेन्डिङ भएका कारण उपभोक्ताहरूले मिड–रेन्जका विद्युतीय सवारी साधनहरू बढी रुचाउने गरेका छन् ।

प्रस्तावित नयाँ करको नीतिले इन्ट्री लेभलका ईभीएसलाई प्रवर्द्धन गदर्छ, जुन अझैपनि विश्वव्यापीरूपमा विकसित स्तरमै रहेको र व्यापकरूपमा अपनाइएको छैन । नेपाली बजारमा त्यही टेन्ड प्रतिबिम्बित हुँदै आएको छ र भविष्यमा पनि हुनेछ ।

सरकारलाई पर्ने राजस्व नोक्सानी, आइसीई सवारी साधनहरूको थप अनुकूलन र इन्धनको पछिल्ला प्रयोगलाई प्रतिबिम्बित गर्दै यस नयाँ नितिले ग्राहकहरुलाई ईभी खरिद गर्न प्रोत्साहन नगर्नेका साथै विद्युतीय सवारी साधनलाई अनुकूलन गर्ने र बिजुलीको आन्तरिक खपत थप बढाउँने सरकारी नीतिको कार्यान्वयन नभएको प्रस्टरुपमा देखिन्छ ।

विद्युतीय सामान वाहकको सन्दर्भमा प्रस्तावित कर अवैज्ञानिक र तर्क रहित रहेको पुष्टी २० प्रतिशतका दरले वृद्धि भएको भन्सार कर र ५ प्रतिशतले वृद्धि भएको अन्तःशुल्कले गरेको छ, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

You might also like

Comments are closed.