सि एण्ड सि अस्पताल कुसुन्तीमा रक्तदान कार्यक्रम

काठमाडौं । सि एण्ड सि अस्पताल कुसुन्ती हाइटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी वडा नं. १३ उपशाखा, असल छिमेकी महिला समूह, दिव्यनगर महिला समूह र अस्पतालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

शनिबार आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी वडा नं. १३ उपशाखाका सभापति निरन केसी, असल छिमेकी महिला समूहका अध्यक्ष शीला जोशी, दिव्यनगर महिला समूहका अध्यक्ष रन्जु बानियाँ थापा लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

footwear zone

विवेक ध्वज तामाङ र अनिता खड्काले कार्यक्रमको संयोजन गरेका थिए ।

You might also like

Comments are closed.