कोभिड संक्रमण बढेपछि क्यान इन्फोटेक २०२२ स्थगित

काठमाडौं । क्यान महासंघ नेपालद्वारा आयोजना हुन लागेको २७ औं संस्करणको क्यान इन्फोटेक स्थगित भएको छ । माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको इन्फोटेक स्थगित गरिएको हुन लागेको इन्फोटेक महासचिव नारायण थापाले जानकारी दिए ।

देशव्यापी रुपमा कोरोना संक्रमण बढेपछि इन्फोटेक स्थगित भएको हो ।

‘सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणको उद्देश्यसहित इन्फोटेक आयोजना गरेका थियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण तयारी गरि सकिएकोमा कोभिड-१९ को तेस्रो लहर, काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ स्थगित भएको छ ।’

footwear zone

प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको क्यान महासंघले जनाएको छ ।

You might also like

Comments are closed.