सेञ्चुरी बैंकको सीइओमा न्यौपाने नियुक्त

काठमाडौं । युवा बैंकर मनोज न्यौपाने सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त भएका छन् । यस अगाडि कामु सिइओ रहेर काम गरेका उनलाई बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

४ वर्षे कार्यकालका लागि सिइओ नियुक्त भएका उनले सपथ समेत लिइसकेका छन् ।

बैंकिङ क्षेत्रमा झण्डै २ दशकको अनुभव संगालेका न्यौपानेको नेतृत्वमा बैंकले थप सफलता प्राप्त गर्ने विश्वास गरिएको छ ।

footwear zone

You might also like

Comments are closed.