सिई कन्स्ट्रक्सनलाई ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स कन्स्ट्रक्सन’ अवार्ड

काठमाडौं । सिई कन्स्ट्रक्सनले प्रतिष्ठित अवार्ड ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स कन्स्ट्रक्सन’ अवार्ड प्राप्त गरेको छ ।

इन्टिच्युसनल एक्सलेन्स क्याटागोरीअन्तर्गत सिइले गरेका विकासका प्रयास र समाजमा सिर्जना गरेको सकारात्मक प्रभावमार्फत पुर्याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।

अर्वाड पाएसँगै काम गर्न झनै प्रेरणा मिलेको सिई कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर विजय राजभण्डारीले बताए । समग्र व्यापारको इको सिस्टम नै चुनौतीपुर्ण तरिकाले गुज्रिएको समयमा सम्मानित हुन पाँउदा हामी खुसी छौं, राजभण्डारीले भने।

footwear zone

“मिलिजुली काम गरौं, बाँडीचुँडी खाऔं” र “कहिल्यै मनोवृत्ति नत्यागौं” भन्ने विश्वासका साथ अगाडि बढेको सिइ कठिन परिस्थितीमा पनि सफल बनेको छ।

नयाँ प्रमोसन मिसन इन्भेन्ट्री डाइभेष्टमेन्ट लन्च गरी नयाँ अवसरहरुको सिर्जना गरेर अगाडि बढ्ने कम्पनीले जनाएको छ। शुभचिन्तक, सरोकारवाला, कर्मचारी सबैको सहयोगले सफल भएका हौं, सबैप्रति आभार व्यक्त गर्दछौं, राजभण्डारीले भने।

You might also like

Comments are closed.