इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । नेपालका लागि सुजुकी चार पाँग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङसको अटोमोटिभ डिभिजन, सिजी मोटोकर्पले धेरै इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । सर्वाधिक माइलेज दिने दावी गरिएको छ । सो गाडीको ‘लो रनिङ कस्ट’का कारण बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास लिएकोे छ ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रिडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तले जानकारी दिए । ३ भेरियन्टमा उपलब्ध यो गाडी २७ लाख ९९ हजार, २९ लाख ९९ हजार र ३१ लाख ९९ हजार रुपैयाँमा नेपाली बजारमा उपलब्ध छ ।

‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ,’ उनले भने, ‘यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ्र ।’

footwear zone

अल-न्यु सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५’’ (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्ने कम्पनीको विश्वास छ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रिडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको Dual Jet, Dual VVT युक्त K–Series engine प्रयोग गरेको छ । जसले नेपालमै सर्वाधिक २६.६८ प्रतिकिलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

सेगमेन्टमै पहिलो Idle Start–Stop प्रयोग गरिएको नयाँ सेलेरियोले CO2 emissions लाई १९ प्रतिशतसम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा संचालित, नयाँ सेलेरियोले 89Nm@3500rpm को टर्क र 67ps@5500RPM को पावर प्रदान गर्दछ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।

सुजुकीको Advanced HEARTECT प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । HEARTECT प्लेटफर्मले कारको क्र्यास, Rigidity र समग्र बललाई सुधार गर्छ । उच्च तन्य स्टीलको व्यापक प्रयोग र १२+ सुरक्षा सुविधाहरूले सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।

यो गाडीमा 17.78 cm (7 inch) SmartPlay studio infotainment system उपलब्ध गरिएको छ । यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिन पुश स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएका छन् । माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिट जस्ता सुविधाहरूले नयाँ सेलेरियो थप आराम्दाई हुने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.