सेञ्चुरी बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा विशेष छुट

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा विशेष छुट पाउने भएका छन् ।

सेञ्चुरी कमर्सियल बैंक  र काठमाडौं क्यान्सर सेन्टर चाँगुनारायणबीच विशेष छुट सम्झौता भएको हो । सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका वाग्मती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्टले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता पश्चात बैंकका कर्मचारी तथा ग्राहकले थ्रीडी सीआरटी सेवा, आइएमआरटी सेवा, भीएमएटी सेवा लगायत अन्य सेवाहरुमा छुट पाउने भएका हुन् ।

footwear zone

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सबै ग्राहक तथा बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।

बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

You might also like

Comments are closed.