काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
२०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।
बैंकले २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्व ३ करोड ४४ लाख २९ हजार ५ सय २ रुपैयाँ पचास पैसा मात्रमा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रुपैयाँ ३९ पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बताइएको छ ।




Comments are closed.