पोखरा । पोखराको पस्र्याङमा सिएफ मोटोको शोरुम सञ्चालनमा आएको छ । हिमालयन स्पोर्टस मोटर्स प्रा.लि.ले पोखरामा सिएफ मोटोको आधिकारिक डिलर लिएर शोरुम सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेशको आधिकारिक डिलर बन्दै सेवा सुरु गरिएको प्रा.लि.का अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
सिएफ मोटोको एनके २५०, एनके १५०, एसआर २५० बाइक र जेटफोर्सको एटिभी गाडी ५००, ८०० र १००० सिसीमा नेपाली बजारमा उपलब्ध छन् ।
युवा पुस्तालाई लक्षित गरी लक्जरी तथा स्पोर्टस बाइकहरु पोखरामा बिक्री वितरण सुरु गरिएको प्रवन्धक सुजीत श्रेष्ठले बताए । यी बाइकमा फुल्ली इलेक्ट्रोनिक्स सिस्टम छ । सिएफ मोटोको लुक्स डुकाटीले डिजाइन गरेको छ भने इन्जिन किस्का कम्पनीले डिजाइन गरेको छ ।

बिक्रीसँगै बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै अत्याधुनिक तथा सुविधा सम्पन्न सर्भिस सेन्टरको सुविधा समेत उपलब्ध रहेको श्रेष्ठले जानकारी दिए । ‘अत्याधुनिक तथा आधुनिक प्रविधिबाट बाइकहरु चेकचाँज गरिन्छ,’ उनले भने, ‘सिएफ मोटोसँगै अन्य ब्राण्डका स्पोर्टस भर्सनका बाइकहरु सर्भिसिङका लागि आउने गरेका छन् ।’ प्रालिका प्रवन्धक श्रेष्ठ मेकानिकल इन्जिनियरसमेत हुन् ।

ग्लोबल मोडलको युरो फाइभ भर्सनमा नेपाल आइरहेको यो बाइक युवा पुस्ताको रोजाईमा पर्न सफल रहेको बताइएको छ । स्पोर्टी र एग्रेसिभ लुक्स, ब्रेकिङ सेफ्टी, एफआई इञ्जिन र टीएफटी कन्सोलजस्ता आधुनिक फिचरहरु योे बाइकमा छन् ।

सिएफ मोटोको लागि नेपालको आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि. हो ।




Comments are closed.