काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौं चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि शुरु हुनेभएको छ । जेठ ४ गते देखि ८ गते सम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न गरिने आयोजकले जनाएको छ ।
छैटौं संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली वस्तुहरूको बजारीकरणमा जोड दिइने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । उनले भने,‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ, ।’
चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यन्हका सामाग्रीहरु, जटिवुटी जन्य बस्तुहरु प्रर्दशनी गरिने चेम्बरले जनाएको छ । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनीमा राखिने छ । मेलाको करिव डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीको स्टल रहनेछ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।




Comments are closed.