आर्थिक संकटको समाधानका लागि महासंघले पहल गर्छः अध्यक्ष ढकाल

काठमाठौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बर्तमान आर्थिक संकटको समाधानका लागि महासंघको तर्फबाट पहल गर्ने बताएका छन् । आइतबार अध्यक्षको पदभार ग्रहण गर्दै उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

सरकार लगायत सरोकारवाला निकायसँग छलफल गरी देशमा लगानीको वातावरण सिर्जना गर्ने ढकालले बताए । राज्य र निजी क्षेत्रबीच साझेदारीलाई अगाडि बढाउनेसमेत ढकालले बताएका छन् ।

देश तथा विदेशमा काम गर्नसक्ने दक्ष नजशक्ति उत्पादनमा पहल गर्ने पनि उनको प्रतिबद्धता छ । निजीक्षेत्रलाई थप जिम्मेवार बनाउन प्रयास गर्ने उनले बताए । ८० प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने र कर तिर्ने क्षेत्र भएकाले निजी क्षेत्रलाई राज्य र आम पब्लिकले हेर्ने धारणालाई सकारात्मक परिवर्तन ल्याउनुपर्ने उनले बताए ।

footwear zone

महासंघमा सानादेखि ठूला सबै व्यवसायीलाई समेट्ने उनले बताएका छन् । सबैको साथ र सहयोग लिएर महासंघको नेतृत्व गर्ने उनले बताए ।

You might also like

Comments are closed.