६ महिनामा ३१ प्रतिशत मात्र खर्च

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा कूल बजेटको ३१ दशमलव ४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आव २०७७÷७८ को अर्धवार्षिक समीक्षामा शुरु गर्दै नगरपालिकाको आठौँ नगरसभामा सो जानकारी दिइएको हो ।

सोमबारबाट शुरु भएको नगरसभामा नगर प्रमुख सोमप्रसाद मिश्रले बजेट विनियोजनतर्फ प्रगति कमजोर भएको बताए । कोभिड–१९ का कारण आवको छ महिनामा लक्ष्यअनुरुप प्रगति हासिल गर्न नसकेको उनले जानकारी दिए । बाँकी ६ महिनालाई लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप कार्यक्रम अगाडि बढाउने तय भएको उनले बताए ।

कार्यक्रममा उपप्रमुख बिना बास्तोलाले चालु आवको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै चालु आवमा कूल रु एक अर्ब ४८ करोड २७ लाख तीन हजार ६०० विनियोजन गरे पनि रु ४६ करोड ६० लाख ४६ हजार ५०० खर्च भएको उल्लेख गर्नुभयो । यसमा पूजीँगततर्फ रु ८१ करोड २५ लाख ९० हजार बजेट विनियोजन गरिएकामा हालसम्म रु २४ करोड ४६ लाख ७५ हजार ६२४ खर्च भएको छ ।

footwear zone

कूल बजेटको चालुतर्फ रु ६७ करोड एक लाख १३ हजार ६०० बजेट विनियोजन गरेकामा रु २२ करोड १३ लाख ७० हजार ८१७ अर्थात् ३३ दशमलव तीन प्रतिशत रकम खर्च भएको उनले बताए । नगरपालिकाले चालु आवमा रु २८ करोड ७१ लाख ६० हजार राजश्व सङ्कलन गर्ने प्रक्षेपण गरिएकामा रु सात करोड २६ लाख ७६ हजार ८४४ अर्थात् २५ दशमलव ३० प्रतिशतमात्रै लक्ष्य हासिल गरेको छ ।

नगरपालिकाले शिक्षा, युवा तथा खेलकूद विकासअन्तर्गत कूल रु तीन करोड २८ लाख ७० हजार बजेट विनियोजन गरेकामा रु १८ लाख ४६ हजार ४५ अर्थात् पाँच दशमलव ६० प्रतिशतमात्रै खर्च भएको छ । स्वास्थ्यतर्फ नगरपालिकाले रु तीन करोड ३५ लाख बजेट विनियोजन गरेकामा छ महिनाको अवधिमा जम्मा रु १७ लाख ९४ हजार ९६३ अर्थात् पाँच दशमलव ३० प्रतिशत खर्च भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ रु एक करोड ६० लाख ३० हजार बजेट विनियोजन गरेकामा रु चार लाख ८० हजारमात्रै खर्च गरेको छ । नगरपालिकाले सामाजिक सुरक्षातर्फ रु १२ करोड ६० लाख रकम विनियोजन गरेकामा रु चार करोड १९ लाख ७२ हजार १३९ मात्रै खर्च गरेको छ ।

पशुपक्षी प्रवद्र्धनतर्फ नगरपालिकाले कूल रु ७६ लाख ६२ हजार रकम विनियोजन गरेकामा रु आठ लाख २८ हजार २५२ खर्च गरेको र कृषि विकासतर्फ रु एक करोड ९७ लाख विनियोजन गरेकामा रु १५ लाख नौ हजार ८७० अर्थात् सात दशमदलव ६६ खर्च गरेको छ ।

नगरपालिकाले सूचना प्रविधितर्फ रु एक करोड ६२ लाख बजेट राखेकामा रु २७ लाख ९६ हजार अर्थात् १७ दशमलव २६ प्रतिशत, आयुर्वेदतर्फ रु १२ लाख ४५ हजार बजेट राखेकामा रु चार लाख ९६ हजार मात्रै खर्च गरेको छ ।

नगरसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारी प्रवद्र्धन, उद्यमशीलता विकास कार्यक्रम तथा गरिबी निवारण कार्यक्रम, विपद् व्यवस्थापन, पूर्ण सरसफाइ ताथ बास कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको उपप्रमुख बाँस्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.