पोखरा । पोखराको नागढुंगामा सञ्चालनमा आएको चरक मेमोरियल हस्पिटलले सेवा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा हस्पिटलले क्याथ ल्याब सेवा यही असार ६ गतेबाट सुरु गर्ने भएको छ ।
अन्तर्राष्ट्रियस्तरको सुविधासहित सञ्चालित हस्पिटलले एन्जियोग्राफी, पीटीसीए, स्टेन्टिङ, पेसमेकर प्रत्यारोपण सहित मुटु रोग सम्बन्धी सम्पूर्ण सेवाहरू हस्पिटलले विस्तार गर्न लागेको हो । त्यसैगरी हस्पिटलले अर्को वर्ष बाइपास सर्जरी सेवासमेत सुरु गर्ने तयारी गरेको छ ।
अत्याधुनिक सेवा सुविधासहित सञ्चालित चरक मेमोरियल हस्पिटलले कोरोनाका बिरामीलाई समेत विशिष्ट सेवासहित उपचार प्रदान गरिरहेको छ । देशभर फैलिएको कोरोना महामारीको समयलाई ध्यानमा राख्दै हस्पिटलले कोरोनाका बिरामीलाई ‘क्रिटिकल केयर युनिट’बाट उपचार सेवा प्रदान गरिरहेको प्रवन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

गण्डकी प्रदेशसहित देशभरबाट कोरोनाका बिरामी हस्पिटलमा उपचारका लागि आउने गरेको पोखरेलले बताए । ‘पोखरा तथा गण्डकी प्रदेशसहित दाङ, विरगन्ज, धनगढी लगायतका ठाउँबाटसमेत हस्पिटलमा बिरामी उपचारका लागि आएका छन्,’ उनले भने, ‘हस्पिटलले विशिष्ट सेवासहित कोरोना संक्रमितको उपचार गरिरहेको छ ।’
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण दर दिनप्रतिदिन बढेसँगै हस्पिटलले सरकार तथा स्थानीय तहसँग समन्वय गरी कोरोना बिरामीलाई उपचार सुरु गरेको हो । यस अगाडि अघिल्लो वर्ष कोरोना संक्रमणको पहिलो चरणमा पनि हस्पिटलले कोरोना बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो ।

सय बेड क्षमता रहेको हस्पिटलमा ३० वटा क्याबिन रहेको व्यवस्थापक प्रदीप शर्माले जानकारी दिए । आईसीयू १७ वटा र भेन्टिलेटर ७ वटा छन् । चौबिसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ ।
डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानीमा उपचार सुविधा रहेकाले अस्पतालमा बिरामीका आफन्त नभएपनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ । अस्पतालले आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा प्रदान गरिरहेको बरिष्ठ फिजिसियन तथा अध्यक्ष डा. बद्री पौडेलले बताए ।




Comments are closed.