काठमाडौं । ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ-जी’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन् । छ–जी को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदालाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन् ।
ज्योतीले एक वर्षसम्म मन मस्तिष्क लगाएर रचेको छ–जीले दर्शक माँझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको छ । नेवारी भाषामा भएतापनि यसको हृदय स्पर्शी धुन र भिडियो मार्फत् सबै पृष्ठभूमीका दर्शकहरु माँझ गहिरो छाप छोड्ने छ ।
एउटा कलाकारको रुपमा ज्योतीले यस गीतको लेखनमा मात्र नभई गीतको रचनाको प्रत्येक चरणमा सक्रिय भएका थिए जसले संगीतप्रतिको उनको गहिरो प्रतिबद्धता र लगावलाई झल्काउँछ ।

त्यसैगरी, यसै भिडियो मार्फत् मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डिरेक्टरियल डेब्यु गरेकी छन् भने जेम्स प्रधानले रचना तथा प्रडक्सन गरेका छन् । संगीत प्रेमीहरूको लागि पहुँचयोग्य बनाउन यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ ।




Comments are closed.