पोखरा । साना उद्योग महासंघ महिला उद्यमी समिति गण्डकीको दोस्रो अधिवेशन मंगलबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट चिनु गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा निर्वाचित भएपछि गुरुङले साना उद्योग तथा महिला उद्यमीहरुको हकहितको क्षेत्रमा आफ्नो कार्यसमिति काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
समितिको वरिष्ट वरिष्ट उपाध्यक्षमा अनिता मल्ल, उपाध्यक्षमा चिनिमाया कालामगर, महासचिवमा वसन्त केसी र कोषाध्यक्षमा सुन्ती पुर्जा निर्वाचित भए ।

कार्यसमिति सदस्यमा अनिता गोताने, गंगा कार्की, निर्मलु श्रेष्ठ, पशुपति कार्की शर्मा, रमिला ढुंगाना, लक्ष्मी पोखरेल र धनमाया राना छन् । निबर्तमान अध्यक्ष मिना पराजुली पदेन सदस्य हुनेछिन् । अधिवेशन पश्चात महिला उद्यमी अभिमुखीकरणसमेत सम्पन्न भएको छ ।




Comments are closed.