चितवन महोत्सबको १३औँ संस्करण सुरु, लगानी मैत्री वातावरण बनाउने प्रतिबद्धता

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो प्रदेशलाई सीपयुक्त जनशक्ति भएको प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । चितवन महोत्सबको १३औँ संस्करणको आइतबार यहाँ उद्घाटन गर्दै उनले आन्तरिक रुपमा सीपयुक्त जनशक्ति उत्पादन भएसँगै बाहिरबाट जनशक्ति ल्याउनु नपर्ने बताए ।

‘तीन महिनासम्म प्रदेश सरकारले खर्च गरेर सीपमूलक तालिम दिन्छ,’उनले भने । तालिम प्राप्त जनशक्तिले सहजै काम पाउने उनको भनाइ थियो । उद्योगमा लगानी मैत्री वातावरण बनाउने भन्दै उनले ट्रेडबाट देशको विकास हुन सम्भव छैन भने । बन्द भएका उद्योगहरू सञ्चालनका लागि आवश्यक गृहकार्य सुरु गरिएको पाण्डेले बताए श्र ‘उद्योगपति बन्न आफँैले उद्योग सञ्चालन गर्नुपर्छ । बाहिरबाट ल्याएर सामान बेचेर उद्योगपति बनिँदैन,’ उनले भने । राष्ट्रिय आवश्यकता हेरेर स्वदेशमा नै उत्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले नीतिगत रुपमा उद्योग व्यापारका क्षेत्रमा सहयोग गर्नुपर्ने बताए । ‘५० वर्षअघिको नियम कानुनले काम गर्न अफ्ठ्यारो भयो,’

footwear zone

सोही अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, बागमती प्रदेश उद्योग वाणीज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, एमालेका नेता रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष यमबहादुर परियार, नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल लगायतले कोभिडबाट जोगिएर महोत्सवमा सहभागी हुन आग्रह गरेका थिए ।

उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गरेको हो । महोत्सव मूल आयोजक समितिका संयोजक एवं संघका अध्यक्ष राजु श्रेष्ठले महोत्सवबारे विस्तृत जानकारी गराएका थिए । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

विसं २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिएको छ । यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टै छुट्टै परिसर रहेका छन् । विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सवभित्र राखिएको छ ।

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहित रहेका छन् । महोत्सवमा चारवटा विशेष र डोमसहित ४०० वटा स्टल रहेका छन् ।

महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेशभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ । महोत्सव सुरु हुनुअघि नारायणगढ बजार क्षेत्रमा शोभायात्राको आयोजना गरिएको थियो । महोत्सवको मुख्य प्रायोजन टेस्ला एयरकन्डिस्नरले गरेको छ ।

You might also like

Comments are closed.