सिटिजन्स बैंकका थप तीन नयाँ शाखा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप तीन स्थानमा आफ्ना शाखाहरु संचालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेल गरी तीन वटा शाखाहरु संचालनमा ल्याएको हो ।

बैंकका काठमाडौं उपत्यकाभित्र ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् । तीनवटा नयाँ शाखाको सुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरे ।

सुविधा सम्पन्न यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।

footwear zone

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो छरितो, चुस्त र दुरुस्तरुपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्दै आएको बैंकले आर्थिक बर्ष २०७८र७९ को चौथो त्रैमासिक सम्ममा दुई अर्ब २५ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यसै अवधिमा एक खर्ब ५५ अर्ब निक्षेप संकलन गरी एक खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सीमाभित्रै कायम गरेको छ ।

You might also like

Comments are closed.