काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि ‘हामी सिटिजन, हाम्रो सिटिजन’ नामक टिकटक प्रतियोगितको आयोजना गरेको छ ।
साउन १ गतेबाट सुरु भएको यस प्रतियोगितामा सबैले भाग लिन सक्ने छन् । भिडियो अपलोड गर्नुपर्ने अन्तिम मिति २०७९ साउन ३१ गतेसम्म तोकिएको छ ।
यस प्रतियोगितमा सिटिजन लाइफको टिकटक पेजमा अपलाेड गरिएको जिङ्गलमा आफ्नो उत्कृष्ट रचनात्मक कला प्रस्तुत गरी प्रथम हुनेले २० हजार रुपैयाँ नगद तथा अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । द्धितीय हुनेले १० हजार रुपैयाँ तथा तृतीय हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरि अन्य प्रतिश्पर्धी मध्यबाट ७ जनाले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।

यस प्रतियोगितमा सहभागी हुने प्रतियोगीले जिंगलमा आफ्नो कला प्रस्तुत गरेर ह्यास्ट्याग ‘हामी सिटिजन हाम्रो सिटिजन’ अनिवार्य रुपमा मेन्सन गुर्नपर्ने छ ।
त्यस्तै, सहभागीहरुले आफ्नै तरिकाले कला प्रस्तुत गर्न सक्नेछन् । विजेताको मूल्यांकन ५० प्रतिशत प्रतिस्पर्धीको टिकटक प्रोफाइलमा अपलोड गरिएको भिडियोमा आएको लाइक्स् र ५० प्रतिशत रचनात्मक प्रस्तुतिको आधारमा गरिनेछ । विजेताको घोषणा प्रतियोगिता समाप्त भएपश्चात यसै कम्पनीको फेसबुक पेज र टिकटक पेजमार्फत गरिने आयोजकले जनाएको छ । ।





Comments are closed.