काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रा.लि.बीच सम्झौता भएको छ।
उक्त समझदारीअनुसार अब सिटिजन्स बैंकका कार्डबाहकहरूले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।




Comments are closed.