सिटिजन्स बैंक र फ्लेक्स फिटनेस सेन्टरबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको नख्खु स्थित फ्लेक्स फिटनेस सेन्टरबीच छुट सम्झौता भएको छ ।

यो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्लेकश फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

footwear zone

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका एक सय ८१ वटा शाखा, तीन वटा विस्तारित काउण्टर, एक सय ३३ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिब १५ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

You might also like

Comments are closed.