बहुप्रतिक्षित सिट्रोन सि ३ नेपाली बजारमा

काठमाडौं । सिट्रोन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बहुप्रतिक्षित सिट्रोन सि ३ नेपाली बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमबीच गाडीको बिक्री शुभारम्भ गरिएको छ ।

३४ लाख ४९ हजारको सुरुवाती मूल्यमा गाडी उपलब्ध रहेको बताइएको छ । भारतमा निर्मित सिट्रोन सि ३ कम्प्याक्ट एसयुभी हो । नेपालमा युवा र फरक गाडीको चाहने राख्नेहरुका लागि गाडी लोकप्रिय बन्ने कम्पनीले विश्वास लिएको छ । कार्यक्रममा बोल्दै सांग्रिला मोटर्सका प्रवन्ध निर्देशक हेमन्त गोल्छाले बहुप्रतिक्षित सिट्रोन सि ३ नेपाली बजारमा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

अत्याधुनिक फिचरले भरिएको कम्प्याक्ट एसयुभी सिट्रोन सी ३ यसको डिजाइन र स्टाइल स्टेटमेन्टका कारण विश्वभर नै प्रशंसा पाइरहेको छ । यसले नेपाली बजारमा पनि आफ्नो फरक डिजाइन र आधुनिक फिचरले मानक स्थापित गर्ने विश्वास लिइएको कम्पनीको भनाइ छ ।

footwear zone

सिट्रोन सी ३, सिट्रोन फ्यामिलीमा सिट्रोन सी ५ एयरक्रसको लन्च पछि थपिएको उत्कृष्ट कम्प्याक्ट एसयूभी कार हो । सिट्रोन सी ३ ले सिट्रोन सी ५ एयरक्रस जस्तै नेपाली कार उत्साहीहरू माझ आफ्नो लागि छुट्टै नाम बनाउने आशा गरिएको छ । फ्रान्सेली ब्रान्ड सिट्रोन यसको नवीनता, डिजाइन र उत्कृष्टताप्रति प्रतिबद्धताका लागि प्रख्यात छ र सिट्रोन सी ३ पनि यस मानेमा अपवाद नरहने विश्वास गर्न सकिन्छ ।

आफ्नो आकर्षक शैली, उन्नत सस्पेन्सन प्रणाली र फराकिलो भित्री भागले सिट्रोन सी ३ ले नेपालभरका कार उत्साहीहरूलाई प्रभावित पार्ने निश्चित छ ।

नेपालका लागि सिट्रोनको वितरक सांग्रिला मोटर्सले सिट्रोन ब्रान्डसँग आबद्ध रही नेपाली सवारी साधन प्रेमीहरूका लागि नयाँ र उत्कृष्ट युरोपियन गाडीहरूको अनुभव दिन पाउँदा गर्व लागेको बताएको छ ।

सन् १९१९ मा स्थापित सिट्रोनले अटोमोबाइल, प्रविधि र मोबिलिटीका समाधानहरू प्रदान गर्दछ । ग्राहकको अनुभवलाई केन्द्रमा राखी आफ्नो उत्पादन निर्माण गर्ने गरेको सिट्रोनले एक साहसी र नवीन ब्रान्डको रूपमा आफूलाई स्थापित गरेको छ ।

विशेष गरी आधुनिक शहरको लागि डिजाइन गरिएको एक फरक इलेक्ट्रिक मोबिलिटी भेइकलसँगै सेडान, एसयूभी र व्यावसायिक सवारी साधनहरू समेत बनाउने सिट्रोनका धेरैजसो उत्पादनहरू इलेक्ट्रिक वा प्लग इन हाइब्रिड पावरट्रेनहरू सहित उपलब्ध छन् ।

नवीन सेवासँगै आफ्नो व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूलाई केन्द्रमा राखेको सिट्रोन विश्वका ६२०० बिक्री तथा ग्राहक सेवाहरूको सञ्जाल मार्फत १०१ विभिन्न राष्ट्रहरूमा फैलिएको छ ।

You might also like

Comments are closed.