सिट्रोनको इलेक्ट्रिक कार ई–सी ३ पोखरामा

काठमाडौं । सिट्रोनको इलेक्ट्रिक कार ई-सी ३ पोखरामा भित्रिएको छ । सिट्रोनका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स नयाँ बजारमा सिट्रोन ई–सी ३ कार बिक्रीका लािग उपलब्ध छ । शोरुममा टेष्ट्र ड्राइभसमेत सुरु भएको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा एस.एस.एल. मोटर्स नयाँ बजारमा कम्पनीले सिट्रोन ई–सी३ को ‘फिल विथ भाइभ प्याक’ भेरिएन्ट उपलब्ध भएको छ । लाइभ भेरिएन्ट छिट्टै उपलब्ध गराउने कम्पनीले जनाएको छ । फिल भेरिएन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार कायम गरिएको छ । पोखरा क्षेत्रमा सिट्रोन ई-सी३ लोकप्रिय हुुने एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । ‘राम्रो फिचरसहितको गाडी पोखरामा उपलब्ध गराउन हामी सफल भएका छौं,’ उनले भने, ‘टेष्ट ड्राइभ गरेर गाडीबारे जानकारी लिन सक्नुहुन्छ ।’

बिक्री पछिको सेवालाई प्राथकिता दिदै पोखरा १० औद्योगिक क्षेत्रमा सर्भिस सेन्टरसमेत विस्तार गरिसकिएको बरालले जानकारी दिए । ‘हामी हाम्रा ग्राहकको सुविधालाई पहिलो प्राथमिकतामा राख्छौं,’ उनले भने ।

footwear zone

कारमा २९.२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ भने यसको पावर ५७ एचपी र टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ ।

कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ ।

नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले थापाथली लगायत विभिन्न सोरुममा सो इलेक्ट्रिक कार राखेको छ ।

You might also like

Comments are closed.