काठमाडौं । काठमाडौंको भकुटी मण्डपमा जारी नाडा अटो शोमा सिट्रोन गाडी खरिद गर्दा विशेष छुट प्राप्त गर्न सकिने भएको छ । सिट्रोनका लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले विशेष छुट उपलब्ध गराउन लागेको हो ।
नाडा अटो शो सकिन अब शनिबार र आइतबार २ दिन बाँकी छ । अटो शो अवधिमा सिट्रोन खरिद गर्दा आकर्षक नगद छुटसहित निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

नाडा अटो शोमा सिट्रोन गाडीको स्टलमा दर्शकको आकर्षण देखिएको छ । हालै नेपाली बजारमा भित्रिएको ब्राण्ड सिट्रोनमा आकर्षण देखिएको र बुकिङसमेत उत्साहजनक रहेको कम्पनीको भनाइ छ ।





Comments are closed.