नेपाली बजारमा भित्रियोे सिट्रोन ई–सी ३

काठमाडौं । सिट्रोनको इलेक्ट्रिक कार ई–सी ३ नेपाल भित्रिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले थापाथली लगायत विभिन्न सोरुममा सो इलेक्ट्रिक कार राखेको छ ।

कम्पनीका अनुसार आजदेखि टेस्ट ड्राइभ समेत प्रारम्भ भएको छ । टेस्ट ड्राइभ गर्न चाहने ग्राहकले सोरुम पुगेर टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

सिट्रोन ई–सी३ का दुई भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने भनिएकोमा पहिलो चरणमा लाइभ भेरिएन्ट उपलब्ध भएको छ । यसको फिल भेरिएन्ट केही समय पछि उपलब्ध हुनेछ । लाइभ भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरिएन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

footwear zone

कारमा २९.२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ भने यसको पावर ५७ एचपी र टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ ।

कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ ।

You might also like

Comments are closed.