दशैं तिहारमा सिभिल मलमा सपिंग गर्दा टिभिएस अपाचे आरटिआर बाइक उपहार

काठमाडौं । सिभिल मलले दशैँ तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्र्तगत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक, एलजि र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु छन् । मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।

मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए । त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर प्रदान गरिने ठकुरीले बताए ।

असोज १२ देखि मङ्सिर ४ सम्म चल्ने अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा २ रात ३ दिनको बसाइ सहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था रहेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिनेछ ।

footwear zone

सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्ने मद्ये एक जनाले टिभिएस एनटिओआरक्यु स्कुटर जित्न सकिने ठकुरीले बताए । मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिनेछन्। लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ। उपभोक्ताले सिभिल मलकै सुचना पाटी तथा फेसबुक पेजबाट हेर्न सकिनेछ।

सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो। ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ। मल प्रवेशअगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइ रहेको मलले जनाएको छ। त्यस्तै हरेक दिन मल खुल्नु अघि र मल बन्द भए पछि डिसइन्फेक्ट समेत गर्दै आएको छ। मलले सामाजिक दूरी कायम गर्नरगराउन विभिन्न ठाउँमा मार्क र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ।

You might also like

Comments are closed.