काठमाडौं । म्याट्रेस उत्पादनमा नेपालको अग्रणी कम्पनी क्लासिक इन्डष्ट्रिज प्रा.लि.को कर्पोरेट कार्यालय काठमाडौंको गैरिधारामा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक शोरुमसहित नक्सालमा कर्पोरेट कार्यालय स्थापना गरिएको कम्पनीका मार्केटिङ डाइरेक्टर अदिती श्रेष्ठले जानकारी दिइन् । शोरुम ५ हजार ८ सय स्क्वायर फिटमा फैलिएको छ । कर्पोरेट कार्यालय र शोरुम सञ्चालनमा आइसकेपनि औपचारिक उद्घाटन भएको छैन । छिट्टै औपचारिक उद्घाटन हुने उनले जानकारी दिइन् ।
बारामा उद्योग रहेको कम्पनीको कर्पोरेट कार्यालय यस अगाडि बाँसबारीमा थियो । नयाँ कर्पोरेट कार्यालयसँगै सञ्चालनमा आएको शोरुममा कम्पनीबाट उत्पादित प्रत्येक प्रडक्टलाई प्रदर्शनीमा राखिएको छ ।
क्लासिक ग्रुप दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी हो । अहिले स्प्रिङमा बोन्नेल स्प्रिङ र पकेट स्प्रिङ म्याट्रेस उत्पादन उद्योगमा भइरहेको छ । बोन्नेल स्प्रिङ सुरुबाटै उत्पादन हुँदै आइरहेको हो । पकेट स्प्रिङ उत्पादन थालेको पाँच वर्ष भयो । कम्पनीले १० वर्षदेखि क्वायरको म्याट्रेस पनि उत्पादन गरिरहेको छ ।

कम्पनीले सिरक, सिरानी, बेडसिट, होटल रेन्जको प्रडक्टहरु, बाथरुमको रगहरु, रुमको कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । फोमको युनिट सुरु भइसकेको छ । फोमको व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी छ । होटल, रिसोर्ट, घरमा आवश्यक बेड, म्याट्रेस लगायतका सेवा उपलब्ध गराउन कम्पनी सफल छ ।
म्याट्रेसको मूल्य ५ हजार रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म तोकिएको श्रेष्ठले जानकारी दिइन् । कम्पनीले २० भन्दा बढी रेन्जका म्याट्रेसहरु बजारमा उपलब्ध छन् ।

कम्पनीले क्वायर म्याट्रेस भारतमा समेत निर्यात गर्दै आइरहेको छ । चारवर्षदेखि भारतका विभिन्न ठाउँमा र ६ महिनादेखि चीनमा म्याट्रेस निर्यात हुँदै आइरहेको छ ।

कम्पनीले अदिरा फ्लोअर्स प्रालिमार्फत कार्पेट उत्पादन पनि गरिरहेको छ । कम्पनीले पहिलो चरणमा ०.६ एमएम, १ एमएम र १.५ एमएमको पिभिसी फ्लोरिङ कार्पेट उत्पादन सुरु गरेको हो । आगामी दिनमा कार्पेटको रेन्ज बढाउने कम्पनीको तयारी रहेको प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले जानकारी दिए ।

क्लासिक ग्रुपले फर्निचर उद्योग पनि सञ्चालनको तयारी गरेको छ । पर्सामा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी फर्निचर उत्पादनको काम सुरु गर्ने तयारीमा कम्पनी छ ।





Comments are closed.