काठमाडौं । काठमाडौंको गैरीधारामा क्लासिक म्याट्रेसको अन्तर्राष्ट्रियस्तरको शोरुम सञ्चालनमा आएको छ । शोरुमको ग्राण्ड ओपनिङ कार्यक्रम दसैंको पूर्व सन्ध्यामा हुने भएको छ । यही असोज ३० देखि कात्तिक ३ गतेसम्म शोरुमको ग्राण्ड ओपनिङ कार्यक्रम तय भएको क्लासिक इन्डष्ट्रिज प्रा.लि.ले जनाएको छ ।
५ हजार ८ सय स्क्वायर फिटमा सञ्चालनमा आएको शोरुममा क्लासिक म्याट्रेससहित उद्योगबाट उत्पादित सामग्रीहरु आकर्षक सजावटसहित प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । कम्पनीको उद्योग बारा छ ।
क्लासिक ग्रुप दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी हो । अहिले स्प्रिङमा बोन्नेल स्प्रिङ र पकेट स्प्रिङ म्याट्रेस उत्पादन उद्योगमा भइरहेको छ । बोन्नेल स्प्रिङ सुरुबाटै उत्पादन हुँदै आइरहेको हो । पकेट स्प्रिङ उत्पादन थालेको पाँच वर्ष भएको बताइएको छ । कम्पनीले १० वर्षदेखि क्वायरको म्याट्रेस पनि उत्पादन गरिरहेको छ ।

कम्पनीले सिरक, सिरानी, बेडसिट, होटल रेन्जको प्रडक्टहरु, बाथरुमको रगहरु, रुमको कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । फोमको युनिट पनि सुरु भएको बताइएको छ । होटल, रिसोर्ट, घरमा आवश्यक बेड, म्याट्रेस लगायतका सेवा उपलब्ध गराउन कम्पनी सफल छ । कम्पनीले २० भन्दा बढी रेन्जका म्याट्रेसहरु बजारमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले क्वायर म्याट्रेस भारतमा समेत निर्यात गर्दै आइरहेको छ । चारवर्षदेखि भारतका विभिन्न ठाउँमा र ६ महिनादेखि चीनमा म्याट्रेस निर्यात हुँदै आइरहेको छ । कम्पनीले अदिरा फ्लोअर्स प्रालिमार्फत कार्पेट उत्पादन पनि गरिरहेको छ ।




Comments are closed.