क्लासिक म्याट्रेस निर्यात हुने, सिल्क एक्स्पोर्ट र क्लासिक ग्रुपबीच व्यावसायिक सम्झौता

कठमाडौं । सिल्क एक्स्पोर्ट र क्लासिक ग्रुपबीच व्यापारिक सम्झौता भएको छ । चीन, भारत लगायत मुलुकहरुमा सामान निर्यात गर्दैै आइरहेको सिल्क एक्स्पोर्ट र नेपाली ग्राहकहरुबीच लोकप्रिय पहिचान बनाउन सफल क्लासिक ग्रुपबीच बिहीबार सम्झौता भएको हो ।

कोभिडका कारण केही वर्षदेखि चीनमा निर्यात बन्द रहेकोमा हाल केही खुकुलो हुँदै गइरहेको छ भने निर्यातमा सहज भइरहेको छ । यो सम्झौता पश्चात क्लासिक ग्रुपद्वारा उत्पादित म्याट्रेस, सिरक, बेडसिट जस्ता सामानहरु सिल्क एक्स्पोर्टले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारमा बजारीकरण तथा प्रवद्र्धन गर्ने सम्झौता पत्रमा उल्लेख छ । यो सम्झौतासँगै हाल देशले भोगिरहेको व्यापार घाटालाई केही हदसम्म भएपनि घटाउन योगदान पुग्ने आफूहरुले विश्वास लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले बताए ।

गुणस्तर राम्रो भएकाले नेपालमा क्लासिक म्याट्रेस बिक्री उत्साहजनक रहेको बताइएको छ । क्लासिक इन्डष्ट्रिज प्रालिद्वारा उत्पादित क्लासिक म्याट्रेस स्वदेशी ब्राण्ड हो । ‘देशभरको बजारमा क्लासिक म्याट्रेस लोकप्रिय बनिरहेको छ,’ उनले भने ।

footwear zone

क्लासिक म्याट्रेसको कारखाना सिमरामा छ भने गोदाम काठमाडौंको बाँसबारी लगायतका ठाउँमा छन् । नेपाली स्पिङ म्याट्रेसका लागि क्लासिकलाई अग्रणी मानिन्छ । अत्याधुनिक प्रविधिको प्रयोगबाट स्वास्थ्यकर तथा आरामदायी म्याट्रेस बजारमा ल्याउन कम्पनी सफल रहेको घिमिरेले बताए ।

You might also like

Comments are closed.