काठमाडौं । कुमारी बैंकका ग्राहक र कर्मचारीले क्लासिक म्याट्रेस खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । क्लासिक इन्डस्ट्रिज र कुमारी बैंक लिमिटेडबीच मंगलबार उक्त छुट सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा बैंकका बागमती प्रदेश प्रमुख प्रविन झा र क्लासिकको तर्फबाट मार्केटिङ डाइरेक्ट अदिती श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकका कर्मचारी र ग्राहकहरु म्याट्रेस खरिदमा लाभान्वित हुने विश्वास गरिएको छ ।
कुमारी बैंकका देशभर रहेका कर्मचारी र डेबिट र क्रेडिट कार्ड होल्डर ग्राहकले उक्त छुट सुविधा प्राप्त गर्नेछन् । क्लासिक म्याट्रेसको देशभर रहेका जुनसुकै शोरुमबाट म्याट्रेस खरिद गर्दा पनि उक्त छुट प्राप्त गर्न सकिने क्लासिक इन्डष्ट्रिजका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले जानकारी दिए ।

क्लासिक इन्डष्ट्रिज प्रालिद्वारा उत्पादित क्लासिक म्याट्रेस स्वदेशी ब्राण्ड हो । ‘देशभरको बजारमा क्लासिक म्याट्रेस लोकप्रिय बनिरहेको छ,’ घिमिरेले भने । क्लासिक म्याट्रेसको कारखाना सिमरामा छ भने गोदाम काठमाडौंको बाँसबारी लगायतका ठाउँमा छन् ।

नेपाली स्पिङ म्याट्रेसका लागि क्लासिकलाई अग्रणी मानिन्छ । अत्याधुनिक प्रविधिको प्रयोगबाट स्वास्थ्यकर तथा आरामदायी म्याट्रेस बजारमा ल्याउन कम्पनी सफल रहेको घिमिरेले बताए ।




Comments are closed.