काठमाडौं । देशको अग्रणी म्याट्रेस उत्पादक कम्पनी, क्लासिक इन्डष्ट्रिज प्रा.लि.ले काठमाडौंको गैरीधारामा क्लासिक म्याट्रेसको अन्तर्राष्ट्रियस्तरको शोरुम सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबीच नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष एवं भियतनामका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा. राजेशकाजी श्रेष्ठले शोरुम उद्घाटन गरेका हुन् ।
यसैबीच शोरुम उद्घाटनको अवसरमा क्लासिक इन्डष्ट्रिजले कात्तिक ३ गतेसम्म लाग हुने गरी ‘ओपनिङ सिरीज कार्यक्रम’ तय गरेको छ । सो कार्यक्रम अवधिभर विशेष छुटमा क्लासिक म्याट्रेस खरिद गर्न सकिने जनाइएको छ । ५ हजार ८ सय स्क्वायर फिटमा सञ्चालनमा आएको शोरुममा क्लासिक म्याट्रेससहित उद्योगबाट उत्पादित सामग्रीहरु आकर्षक सजावटसहित प्रदर्शनी तथा बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बाराबाट आफ्नो उत्पादन गरिरहेको छ । क्लासिक ग्रुप दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी हो । अहिले स्प्रिङमा बोन्नेल स्प्रिङ र पकेट स्प्रिङ म्याट्रेस उत्पादन उद्योगबाट भइरहेको छ । बोन्नेल स्प्रिङ भने सुरुबाटै उत्पादन हुँदै आइरहेको छ भने पकेट स्प्रिङकोउत्पादन पाँच वर्षदेखि हुँदै आएको छ । कम्पनीले १० वर्षदेखि क्वायरको म्याट्रेस पनि उत्पादन गरिरहेको छ ।

त्यस्तै, कम्पनीले सिरक, सिरानी, बेडसिट, होटल रेन्जको प्रडक्टहरु, बाथरुमको रगहरु, रुमको कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । फोमको युनिट पनि सुरु गरेको जनाइएको छ । होटल, रिसोर्ट, घरमा आवश्यक बेड, म्याट्रेस लगायतका सेवा उपलब्ध गराउन कम्पनी सफल भएको छ । यसले २० भन्दा बढी रेन्जका म्याट्रेसहरु बजारमा उपलब्ध गराउँदै आएको पनि कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले क्वायर म्याट्रेस भारतमा समेत निर्यात गर्दै आइरहेको छ । बिगत चार वर्षदेखि भारतका विभिन्न ठाउँमा र ६ महिनादेखि चीनमा समेत म्याट्रेस निर्यात हुँदै आइरहेको कम्पनीका सञ्चालकले बताएका छन् । कम्पनीले हाल अदिरा फ्लोर्स प्रालिमार्फत कार्पेट उत्पादन गरिरहेको छ




Comments are closed.