नेपाल उद्योग परिसंघद्वारा बजेट कार्यान्वयनका विषयमा छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघको टोलीले बजेट कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको नेतृत्वमा गएको टोलीले नवनियुक्त अर्थ सचिव कृष्णहरी पुष्करलाई बधाई तथा शुभकामना दिँदै बजेट कार्यान्वयनलगायतका विषयमा छलफल गरेको हो ।

टोलीमा निवर्तमान अध्यक्ष सतिशकुमार मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्य शिवरतन शारदा, उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष हेमराज ढकाल, परिसंघ प्रदेश समन्वय समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, परिसंघ पुर्वाधार समिति सभापति आशिष गर्ग, परिसंघ महानिर्देशक दिपकराज जोशीलगायतको सहभागि रहेको थियो ।

footwear zone

You might also like

Comments are closed.