कर्जासम्बन्धी मार्गदर्शन सच्याउन परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा भएका केही व्यवस्थाका कारण औद्योगिक तथा व्यावसायिक वातावरण बिग्रेको टिप्पणी गरेको छ ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को प्रावधानले देशभित्र व्यावसायिक वातावरण नबन्ने र भएको वातावरणसमेत बिग्रन सक्ने परिसंघको बुझाइ छ । उक्त मार्गदर्शनले स्वदेशी तथा ‘मेक इन नेपाल’ जस्ता नेपाल सरकारसमेतको स्वामित्व रहेका अभियानसमेतलाई प्रतिकूल असर गर्ने आफूहरुको ठम्याई रहेको परिसंघले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

केन्द्रीय बैंकले चालु पुँजी कर्जालाई एकरूपता कायम गर्न, कर्जा स्वीकृति प्रक्रिया एवं उपयोग पारदर्शी बनाउन चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको उक्त मार्गनिर्देशनको मस्यौदामा परिसंघले पनि सुझाव पेश गरेको स्मरण गरेको छ ।

footwear zone

परिसंघको सुझावअनुसार रु ५० लाखसम्म ऋण लिने साना ऋणीलाई यो मार्गनिर्देशन अनिवार्य नहुने, रु एक करोडको सीमालाई रु दुई करोड गरिएको, लेखा परीक्षणको व्यवस्थालगायतमा गरिएका केही विषय भने सकारात्मक रहेको जनाएको छ ।

कोभिड तथा अन्य कारणले अर्थतन्त्र शिथिल बनेको समयमा औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा नै घट्ने गरी उक्त नीति आएको भन्दै परिसंघले त्यसमा सुधारको माग गरेको छ ।

You might also like

Comments are closed.