कोका–कोला नेपालले युवा महिला उद्यमीलाई सशक्त बनाउँदै

काठमाडौं । कोका–कोला नेपालले एटेलियर प्लेटफर्मसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरशिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण कार्यक्रम ‘सक्षम’को एक महत्वपूर्ण भाग भएको बताइएको छ । यसले नेपालमा महिलाद्वारा सञ्चालित स्टार्टअप र सम्भावित स्टार्टअपलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।

युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनभरका उत्साही महिला उद्यमीहरूबाट अत्याधिक प्रतिक्रिया प्राप्त भएको कम्पनीको भनाइ छ । आवेदकबाट आठ फाइनलिस्टलाई उनीहरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको थियो ।

कार्यक्रम सुरु गर्नको लागि गत जुन ११ मा एक ओरीयेण्टेसन सेसन आयोजित गरिएको थियो । सहभागीलाई त्यसबेलादेखि उनीहरूको उद्यमशीलताको प्रयासमा फस्टाउन र आवश्यक सीप र ज्ञानको साथ सुसज्जित गर्न एक्स्पर्ट सेसनहरु आयोजना गरिएको छ ।

footwear zone

कोकाकोला कम्पनीका लागि नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कार्यक्रमले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि हाम्रो अटल समर्पणलाई जोड दिने बताए ।

गहन प्रशिक्षण र सल्लाहपछि, फाइनलिस्टहरू अब उनीहरूको अन्तिम पिचको तयारीमा रहेको बताइएको छ । आगामी अगस्टमा उनीहरूका नवीन विचारहरू र व्यापारिक योजनाहरू तीन कुशल एक्स्पर्टहरु सम्मिलित एक प्रतिष्ठित जूरी समक्ष प्रस्तुत गरिने बताइएको छ । टप थ्री सहभागीहरूमा प्रत्येकलाई रु १००,००० ९एक लाख० को नगद पुरस्कार प्रदान गरिनेछ, जसले उनीहरूलाई आफ्नो उद्यमलाई गति दिन र वहाँहरूको लक्ष्यको नजिक पुग्न महत्त्वपूर्ण प्रोत्साहन प्रदान गरिने बताइएको छ ।

बोटलर्स नेपालका म्यानेजिङ्ग डाईरेक्टर श्री दीपक सेन्थिल नाथले युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमका सहभागीहरूले देखाएको उल्लेखनीय प्रगति र दृढ उत्साह देख्न पाउँदा हामी अविश्वसनीय रूपमा उत्साहित भएको बताए । नेपाली महिलाहरूको पोटेन्सियल र रिसिलियेंसले कम्पनीको विश्वासलाई सुदृढ बनाउने र थप महिलाहरुका उद्यमशीलताको यात्रालाई तीव्रता दिन कम्पनीले चाहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.