काठमाडौं । पछिल्लो समयमा देशभर चिसो बढीरहेको छ । अहिले काठमाडौंमा पनि चिसो ह्वातै बढेको विशेष यस्तो अवस्थामा वृद्धा र बच्चालाई बढी स्वास्थ्य सजकता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
त्यसैगरी, तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।
बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।
नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताए । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उनले भने ।
चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका-४ का रामदिन गोडियाले बताए । उभयो । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।




Comments are closed.