पर्सा । दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ। दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ।
दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ। बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ । यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।
चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । रुघाखोकी, ज्वरो, दम, रक्तचापलगायतका बिरामी ह्वात्तै बढेका नारायाणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए ।

चिसोबाट जोगिन तातोपानी तथा झोल पदार्थ सेवन गर्न र घर बाहिर ननिस्कन सुझाव चिकित्सकले सुझाव दिएका छन् ।




Comments are closed.