कृषि उपज केन्द्रमा कोल्डस्टोर स्थापना गरिने

पोखरा । लेखनाथ उद्योग बाणिज्य संघले पोखरा–२७ को महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद बिक्री केन्द्रलाई सहयोग पुग्ने गरि कोल्डस्टोर स्थापना गर्ने भएको छ ।

स्थानियस्तरमा उत्पादित कृषिजन्य वस्तुलाई उपभोक्तासम्म नपुगिन्जेल सम्म सुरक्षित तरिकाले भण्डारण गर्नमा सहयोग पुग्ने उदेश्यले गण्डकी प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत कोडस्टोर संचालन गर्न लागिएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघले हरेक वर्ष जस्तै गर्दै आएको लेखनाथ महोत्सव यो वर्ष कोरोना भाईरसका कारण स्थगित भए पछि महोत्सव संचालनको मिति पुस १ गतेको सम्झना गर्दै बुधवार एक कार्यक्रमका विच कोल्डस्टोर स्थापनाको अभियानलाई अगाडी सारीएको हो ।

footwear zone

पोखरा महानगरपालिका,संघिय सासंद विकासकोष र लेखनाथ उद्योग बाण्ज्यि संघको संयुक्त लगानीमा निर्माण गरिएको कृषि उपज खरिद बिक्रि केन्द्रको बुधवार देखि संचालन गर्नका लागि राखिएको कार्यक्रममा करिव २७ लाख ५० हजारको लागतमा कोल्डस्टोर निर्माण गर्ने निर्णय गरिएको हो ।

कृषि उपज खरिद विक्रि केन्द्रमा रहेका २६ वटा सरटमा रहने कृषि उत्पादनको विक्रि वितरणमा सहज हुने गरि गण्डकी प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको २५ लाख र संघको दुई लाख ५० हजारको लगानीमा कोल्डस्टोर निर्माण गरिने भएको हो ।

कृषि उपज खरिद बिक्री केन्द्रका लागि गण्डकी प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकासबाट विनियोजन गरिएको रकमबाट संचालन गरिने योजनाका बारेमा बुधवार राखिएको छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले विकास भनेको बाटो घाटो मात्र नभई आय आर्जनका लागि उत्पादनसँग जोडिएर आर्थिक गतिविधीलाई पनि अगाडी वढाउनुपर्ने सुझाव राखेका थिए ।

हाम्रो सोचाई भारतबाट नआए चिनबाट आउछ भन्दै उत्पदनलाई वढवा नदिदा हामीहरु पछि परेको प्रशंग उठाउदै विकास समितिका सभापति कोईरालाले सकेसम्म आफुलाई आवस्यक पर्ने आवस्यक खाद्यय सामाग्री आयात नगरी आफैले उत्पादन गर्ने र वढि उत्पादन गरेर निर्यात गर्नसक्नेसम्मका योजनालाई अगाडी सार्ने हो भने हामीले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपाल बन्नसक्ने उनको भनाई रहेको थियो ।

अर्को फरक प्रशंगमा सभापति कोईरालले हामी राजनीतिक परिवर्तन गर्न सफल भयौ तर हाम्रो काम ,कर्तव्य र अधिकार के हो भन्ने बारेमा सोच नराख्दा पञ्चायत कालदेखि मौलाएको कर्मचारीतन्त्रको सोचे भने अनुसारको काम हुन नसकेको ठोकुवा समेत गरेका थिए ।

सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरीले सरकार र निजी क्षेत्रको सहकार्यमा बाणिज्य क्षेत्रका उद्योग धन्दा भन्दा पनि कृषिमा आधारीत उद्योग धन्दा संचालन तर्फ हाम्रो सोच जानुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानिय स्तरमा उत्पादित कृषिजन्य वस्तुलाई बजारीकरण गर्नुपुर्व ब्यवस्थीत तरिकाले भण्डारण र किसानको लगानीलाई सुरक्षीत गर्नका लागि संघ कृषिमैत्री कार्यक्रम मार्फत अगाडी वढेको धारणा राखेका थिए ।

संघका महासचिव गोपिचन्द्र बास्तोलालले संचालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन सहित कृषि उपज खरिद विक्रि केन्द्र र कोल्डस्टोरको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।

You might also like

Comments are closed.