कोन्च ब्रान्डको युपिभिसीको बजार विस्तार गर्दै क्षमादेवी ग्रुप, डिलर आह्वान

काठमाडौं । युपिभिसीको क्षेत्रमा लोकप्रिय ब्राण्ड कोन्चको लागि नेपालको आधिकारिक बिक्रेता क्षमादेवी ग्रुपले बजार विस्तार गर्ने भएको छ ।

कम्पनीले कोन्च ब्राण्डको युपिभिसीका लागि देशका विभिन्न क्षेत्रमा बजार विस्तार गर्न लागेको हो । बजार विस्तारका लागि कम्पनीले कोन्चको युपिभिसी झ्याल, ढोकाको लागि कम्पनीले विभिन्न शहरमा डिलरसिप आह्वान गरेको छ ।

भरतपुर, वीरगंज, धनगढी, घोराही, हेटौंडा, जनकपुर, तुल्सिपुर, धरान, कलैया, जीतपुरसिमरामा डिलर आह्वान गरिएको कम्पनीले जनाएको छ ।

footwear zone

कोन्च ब्राण्डका युपिभिसी झ्याल, ढोकाहरुमा काठभन्दा कम मूल्यमा आउने, मर्मतको झन्झट नपर्ने, साउन्ड प्रुफ हुने, आकर्षक डिजाइन, किरा तथा खिया नलाग्ने, रंग लगाउन नपर्ने, टिकाउ, बलियो तथा भरपर्दो, प्रयोग गर्न सजिलो, घाम पानीले असर नगर्ने, चिसोले फरक नपर्ने, आगो नटिप्ने, वर्षौ वर्ष ढुक्क र आकर्षक लगायतका विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

यस अगाडि कम्पनीले काठमाडौंसहित पोखरा, चितवन, बुटवल, विराटनगर, बिर्तामोड, बर्दिबास, बनेपा, धनगढी लगायतका ठाउँमा बजार विस्तार गरिसकेको प्रवन्धक निकेश भण्डारीले जानकारी दिए । कम्पनीको प्रधान कार्यालय कौशलटार भक्तपुरमा रहेको छ । क्षमादेवी ग्रुपले बिगत १४ वर्षदेखि नेपाली बजारमा कोन्च ब्राण्डको युपिभिसी बिक्री वितरण गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.