स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा सत्ता गठबन्धन गर्ने कांग्रेस निर्णय

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा सत्ता गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस बागमतीको आज काठमाडौँमा बसेको कार्यसम्पादन समिति र संसदीय समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठक कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको हो ।

संयुक्त बैठकमा कांग्रेस बागमतीका कार्यसम्पादन र संसदीय समितिका अधिकांश सदस्यले कांग्रेस केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय निकाय निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

footwear zone

बैठकमा बोल्ने वक्ताले कांग्रेसले धेरैभन्दा धेरै स्थानमा आफ्नो पार्टीको जित सुनिश्चतताका साथै वर्तमान केन्द्रीय समितिले गरेको निर्णयको आधारमा वर्तमान गठबन्धनलाई निरन्तरता दिनका लागि पनि गठबन्धन आवश्यकता रहेको बताएका थिए ।

You might also like

Comments are closed.