धानबाटभन्दा बढी आम्दानी हुने भएपछि मकैखेती

काठमाडौं । भद्रपुर नगरपालिका-५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गरेका छन् ।

भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर-कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेको हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहेनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकैखेती गर्दै आएको छु ।”

उनले प्रतिबिघा वार्षिकरूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । जसमध्ये तीन बिघा जमिनमा उनले यसपालि बैमासमी मकै लगाएका छन् । उनले पानी नजम्ने अली डाँडो स्थानमा मकैको खेती लगाउने गरेको बताए ।

footwear zone

यादवले एउटै मकैको बोटमा दुईवटासम्म घोगा लाग्ने र प्रतिघोगा रु १५ का दरले बोटबाटै बिक्री गर्ने गरेको बताए । उनले धान पाकेपछि बाँकी जमिनमा समेत हिउँदे मकैको खेती लगाउने बताए । भारतबाट मकै ल्याएर यहाँ व्यापारीहरूले बिर्तामोड, चन्द्रगढी, काँकरभिट्टालगायतका सडकपेटीमा पोलेर बेचिरहेको देखेपछि बेमौसमी मकैखेती आफूले सुरु गरेको उनको तर्क छ ।

“गर्दा यही हुँदोरहेछ”, उनले भने, “व्यापारीले पनि भारतपुग्न नपर्ने र आफ्नो पनि आम्दानी राम्रो हुन्छ । धेरै नसके पनि सबैले उपयुक्त ठाउँको पहिचान गरेर बेमौसमी मकैखेती गर्दा हुन्छ ।”कृषि ज्ञान केन्द्रका पूर्वप्राविधिक शेषराज पौडेलले तराईको क्षेत्रमा यतिबेला लहलह मकै हुनु खुसीको कुरा भएको बताए ।

उनले असारदेखि कात्तिक मङ्सिरसम्म धानको मौसम भए पनि यादवले गर्दा जे पनि हुँदोरहेछ भन्ने उदाहरण पेश गर्न सफल भएको बताए ।कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले हिउँदे मकै जिल्लामा ४४ हेक्टर जमिनमा हुने गरे पनि बेमौसमी मकै थोरै किसानले मात्र लगाउने गरेको बनाए ।

You might also like

Comments are closed.