सीमानाकाबाट दैनिक कोरोना संक्रमित बोक्दै एम्बुलेन्स चालक

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन् । कोरोना भाइरसको संक्रमणको तेस्रो लहर फैलिएका बेला उनी सीमानाकाबाट दैनिक संक्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पु¥याउने गर्छन् । यसरी संक्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन् ।

कठायत गत साउनदेखि भीमदत्त नगरपालिकामा ज्यालादारीमा एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् । उनको ड्यिुटी भनेकै संक्रमितलाई अस्पताल पु¥याउने हो । “हरेक दिन बिहान ६ देखि बेलुकी ८ बजेसम्म एम्बुलेन्स हाँकेर गड्डाचौकी नाका पुग्छु”, कठायतले भने, “त्यहाँ भारतबाट आउने यात्रुको कोरोना परीक्षण गरिन्छ, संक्रमित देखिएमा उनीहरुलाई महाकाली अस्पताल पु¥याउँछु ।”

सरकारले कोरोना कहरमा स्वास्थ्यकर्मीसँगै एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सेना र सरसफाइकर्मीलाई कोरोनाको अग्रपङ्क्तिमा खटिने कर्मचारीको सूचीमा राखेको छ । भीमदत्त नगरपालिकाको एम्बुलेन्समार्फत् दैनिक ४० देखि १ सय १० जनासम्म संक्रमित नाकाबाट अस्पताल पु¥याएको कठायतसित तथ्याङ्क छ ।

footwear zone

“नाकामा कोरोना परीक्षण गरिन्छ, संक्रमित देखिए पनि सितिमिति अस्पताल जान आनाकानी गर्छन्”, कठायतले भने, “संक्रमितको अवस्था हेरेर वडा कार्यालयको सिफारिसमा होम आइसोलेसनका लागि घरमै छाड्ने गरिएको छ ।” दिनभरि एम्बुलेन्समा संक्रमित बोक्ने गरेका उनी राति घरमा भने छुट्टै कोठामा बस्ने गरेको बताउँछन् । “परिवारका सदस्यहरुको पनि ख्याल गर्नैप¥यो”, उनले भने, “महामारीमा संक्रमितलाई अस्पताल पु¥याउनु सेवा सम्झेर काम गर्ने गरेको छु ।”

कठायतलाई घर गएर खाना खाने फुर्सदसमेत हुँदैन । त्यसले उनले अस्पतालमै खाना खान्छन् । कोरोना जोखिमका बेला काम गर्ने चालकलाई भत्ता दिएकोबारे उनलाई केही पनि थाहा छैन । उनले भने, “महामारीमा अग्रपङ्क्तिमा खटिने एम्बुलेन्स चालकलाई त जोखिम भत्ता दिनैपर्ने हो ।”

भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र जोशी नगरपालिकाले गड्डाचौकीमा कोरोना परीक्षण, खोप अभियान र सङ्क्रमितलाई अस्पताल लैजाने कार्यमा सक्रिय भएर लागेको बताए । “त्यहाँ अस्थायी होल्डिङ सेन्टरमा भारतबाट आउनेको नियमित स्वास्थ्य परीक्षण हुन्छ”, उनले भने, “संक्रमितलाई तत्कालै महाकाली अस्पताल पु¥याइन्छ ।”

कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमित बोक्ने तथा शव व्यवस्थापनमा खटिएका महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक विष्ट आफू दुई पटक संक्रमित हुँदा पनि ड्यिुटीमै सक्रिय रहेका थिए । “कोरोनाबाट मृत्यु भएका झण्डै ८० संक्रमितको शव महाकाली घाटसम्म पु¥याए”, विगत सम्झिँदै विष्टले भने, “सुरुमा पिपिइ सेट लगाएर एम्बुलेन्स चलाए, गर्मी खप्न गाह्रो भएपछि त्यो पनि फुकाले ।”

दोस्रो लहरसम्म महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक र रणबहादुर विष्ट रातदिन संक्रमित बोक्नेदेखि शव घाटसम्म पु¥याउन सक्रिय रहेका थिए । “अहिले नगरपालिकाको एम्बुलेन्सले संक्रमित अस्पतालसम्म पु¥याउने काम गरिरहेको छ ।” विष्टले भने, “अहिले हामी संक्रमितलाई वडाको सिफारिसका आधारमा घरसम्म छाड्न जाने क्रममा फाट्टफुट्टरुपमा खटिएका छौँ ।”

दोस्रो लहरसम्म संक्रमितलाई उपचारका लागि नेपालगञ्ज र काठमाडौंसम्म लिएर गएको उनले बताए । “डराउँदै संक्रमित बोक्नुपर्ने परिस्थितिको पनि सामना गरियो”, विष्टले भने, “प्रतिकूल अवस्थामा पनि घरपरिवार नभनी काम गरियो ।”

You might also like

Comments are closed.