काठमाडौं । छ हजार ८ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनमा १९ हजार ८ सय ६९ परीक्षण गर्दा छ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ८९ हजार ९ सय ४१ पुगेको छ ।
एकैदिन पाँच हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने सङ्ख्या आठ लाख ४२ हजार ३ सय ३६ पुगेको छ । यो दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा १० जनाको संक्रमणको कारणले निधन भएको जानकारी दिए । अहिलेसम्म ११ हजार ६ सय ९७ को संक्रमणका कारणले निधन भएकोे छ ।

यस्तै ५ सय भन्दा बढी संक्रमण भएको जिल्ला २० पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासीपूर्व, तनँहु, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । २ सय भन्दा बढी संक्रमित भएका १८ जिल्ला रहेका छन् ।
ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् । हाल होम आइसोलेशनमा ८८ हजार ८४, संस्थागत आइसोलेशनमा एक हजार ८ सय ५७, आइसियुमा २ सय ५६ र भेन्टिलेटरमा ४५ को उपचार हुँदैछ ।
विगत २४ घण्टामा एक लाख २८ हजार ५ सय ६३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज दुई लाख ९९ हजार नौ मात्रा लगाइएको छन् ।




Comments are closed.