थप १ हजार ९ सय ५७ मा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबारको तुलनामा यो ३ सय ८७ जनाले बढी हो । सोमबार एक हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ९२ नमूनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पीसीआर विधिबाट गरिएको आठ हजार ५ सय ८७ परीक्षणमा एक हजार १ सय ८४ र चार हजार १ सय ५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार १ सय ३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २० हजार ५ सय ९२ पुगेको छ । नेपालमा निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६८ हजार ६ सय ११ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३५ हजार ६ सय ५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ९१ हजार ९ सय ५९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ९९ हजार ४ सय ८१ पुगेको छ । मुलुकमा कुलमा संक्रमण दर १८ दशमलव तीन प्रतिशत रहेको छ ।

footwear zone

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ३ सय ४९ रहेको छ । मुलुकभर हाल सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार १ सय ८१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ३८ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३ सय ८९ दशमलव सात रहेको मन्त्रालयले जनाएको छ ।

हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या ३८ र आइसियुमा २ सय ५६ जना रहेका छन् । त्यस्तै होम आइसोलेशनमा ३४ हजार ९ सय ८३, संस्थागत आइसोलेशनमा एक हजार १ सय ९८ र क्वारेन्टिनमा १ सय ३३ जना रहेका छन् । हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, स्याङजा, बाग्लुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य संक्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेको जनाइएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा आठ हजार ९ सय ४२, ललितपुर पाँच हजार २ सय ८३ र भक्तपुरमा दुई हजार ६ सय ४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.