एक हजार १ सय २८ संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुल २० हजार ९ सय ८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ४ सय ४१ पुगेको छ । सक्रिय संक्रमितमध्ये २६ हजार ४ सय ५० होम आइसोलेसन, ९ सय ९१ संस्थागत आइसोलेसन, २ सय ६ आइसियू र ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

footwear zone

शुक्रबार दुई हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट आज १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८ सय ७८ पुगेको छ ।

You might also like

Comments are closed.