४ वटा स्थानीय तहमा ४ जना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना संक्रमण दर घटिरहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)को तथ्यांकले देखाएको छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिकामा एक/एक सक्रिय संक्रमित रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या बढिरहेको देखिएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा भने २४ संक्रमित देखिएको छन् भने ३० कोरानामुक्त भएका छन् ।

हाल चौंरीदेउराली, तेमाल, खानीखोला र महाभारत गाउँपालिकामा एक एकजना सक्रिय संक्रमित रहेका छन् । यस्तै, जिल्लामा हाल २७५ सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १०३, धुलिखेलमा ५९, पाँचखालमा ३०, पनौतीमा ३६, नमोबुद्धमा २२, मण्डनदेउपुरमा चार तथा रोशी गाउँपालिकामा दुई, भुम्लु ३, बेथान चोकमा १२ सक्रिय संक्रमित रहेको केन्द्रले जनायो । सोमबार १७ संक्रमित हुँदा ३३ निको भएका छन् भने आइतबार २८ मा संक्रमण देखियो भने ३५ संक्रमणमुक्त भएको केन्द्रले जनाएको छ ।

footwear zone

यस्तै, जिल्लामा शनिबार छ संक्रमित थपिँदा २९ निको भएका थिए । यसअघि केही दिनको केन्द्रको तथ्यांकले संक्रमण दर भन्दा संक्रमणमुक्त दर अधिक रहेको देखाएको हो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ३५९ मा संक्रमण देखिएकोमा १९१ को मृत्यु भएको छ ।

हालसम्मका कूल संक्रमितमध्ये ९७ प्रतिशत अर्थात् १३ हजार ८९३ संक्रमणमक्त भइसकेका छन् । भदौ महिनामा नगन्य मात्रामा संक्रमितको मृत्युका घटना भएका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लामा शुक्रबारसम्म ‘मिक्स लकडाउन’ गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमण दर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो ।

You might also like

Comments are closed.