६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि   

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ९२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १६ हजार ८०४ जना पुगेको छ । सो अवधिमा एक हजार ४०५ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या सात लाख ६९ हजार २२४ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको मत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १६४ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३३७ सघन उपचारकक्ष, १९४ भेन्टिलेटर, १५ हजार ५३४ होम आइसोलेशन, एक हजार २७० संस्थागत आइसोलेशन र २५२ जना क्वारेन्टिनमा रहेका छन् ।

footwear zone

आज २६ हजार ४१९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९७ हजार १९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा कोरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

You might also like

Comments are closed.